२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

यो एक घटना जसले जेनजीको शीर झुकायो, विष्णु पौडेल भनेर जसलाई कुटे पा`प लाग्नेछ

काठमाडौं । भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल कुटिएको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो वास्तवमा उनको नभएको खुलेको छ। भिडियोमा देखिने व्यक्ति ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन हुन्, जसले आन्दोलनमा घाइतेलाई निःशुल्क उपचार गर्दै आएका थिए।

टण्डनले त्यस दिन आकस्मिक रक्तदानमार्फत २१८ युनिट रगत संकलन गरेका थिए। पछि आफ्नै एम्बुलेन्समा घाइतेलाई मनमोहन अस्पताल पुर्याएर फर्कने क्रममा उनलाई भीडले नेता भनेर कुटपिट गरेको हो।

उनले जेनजी प्रदर्शनकारी नभई घुसपैठियाले आक्रमण गरेको दाबी गरेका छन्। टण्डन अहिले उपचारपछि घरमै आराम गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस