२०८२ मङ्सिर ८ गते आइतवार | 2025 November 23rd Sunday

दल खोल्ने तयारीमा रहेका बालेनलाई दुर्गाको ठूलो झट्का, लगाए संगिन आरोप

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईँले बालेन शाहले नआउनू भनेको कारण आफू र आफ्ना कार्यकर्ताहरू जेनजी आन्दोलनमा संलग्न नभएको स्पष्ट पारे। तर आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति दु:ख व्यक्त गर्दै उनले जिम्मेवारी लिनुपर्ने बताए।

उनले ७ मिनेट ११ सेकेण्डको भिडियो सन्देशमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यापारीका घर र भाटभटेनीमा भएको क्षतिको विवरण साझा गरे। प्रसाईँले पश्चिमहरूको प्रभाव बढ्दै गएको भन्दै यस आन्दोलनको अन्तिम उद्देश्य देश कब्जा गर्ने ठूलो खेल भएको दाबी गरे।

साथै उनले आन्दोलनका क्रममा घाइते १५० जनालाई आफ्नो अस्पताल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाएको र हाल १५ जना आईसीयूमा सिरियस अवस्थामा उपचाररत रहेको जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस