२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

बेलायतमा बस्ने इन्जिनियरको प्रेममा पर्दा डाक्टरकी श्रीमतीका नग्न भिडियो लिक

काठमाडौं । भारत, ग्वालियरमा एक डाक्टरकी श्रीमती अनलाइन सेक्सटोर्शनको शिकार बनेकी छिन्। व्हाट्सएपमा ‘हाइ’ सन्देशबाट सुरु भएको सम्बन्धले उनलाई ठगी, ब्ल्याकमेल र सामाजिक अपमानमा पुर्याएको छ। आफूलाई बेलायतमा बस्ने इन्जिनियर भनेर चिनाउने व्यक्तिले उनलाई प्रेममा फसाएर निजी भिडियोहरू मागे र पछि त्यसलाई सार्वजनिक गरिदिए।

प्रहरीका अनुसार, ३४ वर्षीया महिलाले सुरुमा उनलाई उपहार पठाउने भन्दै विभिन्न शुल्कका नाममा पैसा तिर्न बाध्य भइन्। उनले कुल मिलाएर ३.७६ लाख भारतीय रुपैयाँ भुक्तानी गरिन्। पछि थप रकम माग्दा अस्वीकार गर्दा, आरोपितले उनको नग्न भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदियो।

घटनापछि पीडित महिलाले आफ्नो परिवारलाई जानकारी दिइन् र साइबर सेलमा उजुरी दर्ता गरिन्। सीएसपी रोबिन जैनले प्राविधिक आधारमा अनुसन्धान सुरु भएको र आरोपितलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस