२०८२ माघ २९ गते बुधवार | 2026 February 11th Wednesday

जेनजी आन्दोलनमा देखिएका रहस्यमयी नकाबधारी युवकको पर्दाफाश

काठमाडौं । जेनजी आन्दोलनका बीचमा कालो ड्रेस, मास्क र वाकीटकीसहित देखिएका युवकबारे उठेका शंकाको पर्दाफाश भएको छ। प्रहरी अनुसन्धानले ती युवक ‘हामी नेपाल’ टिमका २१ वर्षीय जेनिस महर्जन भएको पुष्टि गरेको छ।

सो तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आन्दोलनमा घुसपैठ भएको आरोप लागेका थिए। तर, ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले जेनिस विगत १३ वर्षदेखि आफ्नै टिमसँगै रहेको र जाजरकोट भूकम्पको समयमा सेनाबाट गिफ्ट पाएको कमब्याट लगाएको स्पष्ट गरेका छन्।

उनका अनुसार वाकीटकी भने मेडिकल टिम र एम्बुलेन्ससँग सम्पर्क कायम राख्न प्रयोग गरिएको थियो। तर, उपत्यका प्रहरीका एक अधिकृतले अनुमति बिना सञ्चार सेट (वाकीटकी) प्रयोग गरिएको भन्दै कानूनी प्रश्न उठाएका छन्।

‘हामी नेपाल’ टिमले आन्दोलनका बेला पानी वितरण, प्राथमिक उपचार र घाइते उद्धारमा स्वयंसेवक परिचालन गरेको जनाएको छ। तर आन्दोलन मत्थर भएपछि सुधन गुरुङ नेतृत्वकै भूमिकामा सक्रिय देखिएको चर्चा समेत चलेको छ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस