२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

प्राधिकरणबाट हटाएपछि हितेन्द्रलाई दिइयो नयाँ जिम्मेवारी, मासिक तलब सुनेर सबै चकित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार ऊर्जा आयोगमा विशिष्ट श्रेणी सरहको विज्ञ पदमा नियुक्त गरिएको छ। १८४ दिन प्राधिकरणमा कार्यकारी निर्देशक रहिसकेका शाक्य अब आयोगमा मासिक २ लाख ९४ हजार ९२० रुपैयाँ बराबरको सुविधा पाउनेछन्।

उनको ठाउँमा पूर्व कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरिएको छ। शाक्यले ऊर्जा प्रसारण र लाइन सम्बन्धी क्षेत्रमा विशेषज्ञता हासिल गरेका इञ्जिनियर हुन्। सरकार परिवर्तनसँगै प्राधिकरणबाट हटाइएपछि उनले अदालत जाने विकल्प राखेका थिए, तर हाल ऊर्जा आयोगमा नयाँ जिम्मेवारी स्वीकार गर्ने मनस्थिति देखाएका छन्।

शाक्यका अनुसार, “सरकारले असल नियतले ऊर्जा आयोगमा सरुवा गरेको भए सहयोग गर्न तयार छु, अदालत जानेबारे अहिलेसम्म केही निर्णय गरेको छैन।”

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस