
काठमाडौं । अविरल वर्षाका कारण देशका पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्गको मितेरी पुल, चितवनको मुग्लिङ–नारायणघाट सडक खण्ड र रुकुमपूर्वको मध्यपहाडी लोकमार्ग बन्द भएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार नवलपरासी पूर्वस्थित पूर्व–पश्चिम राजमार्ग, बागलुङको कालिगण्डकी करिडोर र रसुवाको त्रिशुली–मैदुङ सडक भने एकतर्फी सञ्चालनमा रहेका छन्।
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार