२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आमा बनेपछि महिलाको यौ-न इच्छा किन घट्छ? विज्ञहरूले बताए कारण

काठमाडौं । आमा बनेपछि धेरै महिलाले आफ्नो यौन इच्छामा कमी आएको महसुस गर्छन्। चिकित्सक र विज्ञहरूले यसलाई सामान्य प्रक्रिया भएको बताउँदै यसका कारण र समाधानबारे प्रष्ट पारेका छन्।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जेनिफर लिंकनका अनुसार, गर्भावस्था र बच्चा जन्माएपछि महिलाको शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको स्तर घट्छ। यसकारण यौन इच्छा कम हुनुका साथै योनि सुख्खा हुने, पीडा हुने र यौन क्रियामा असहजता अनुभव हुने अवस्था आउन सक्छ।

यौन थेरापिस्टहरूको भनाइमा, बच्चा जन्मेपछि महिलामा थकान, निद्राको कमी, मानसिक तनाव र मातृत्वसँगै आउने नयाँ जिम्मेवारीले पनि यौन जीवनमा प्रभाव पार्छ। यस्ता अवस्थामा महिलाले मात्र होइन, पार्टनरले पनि भावनात्मक रूपमा असहज महसुस गर्न सक्छन्।

विज्ञहरूले समाधानका लागि धैर्य गर्न, पार्टनरसँग खुलेर कुरा गर्न, भावनात्मक आत्मीयतालाई प्राथमिकता दिन र आवश्यक परे चिकित्सक वा यौन थेरापिस्टसँग परामर्श लिन सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस