२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

केपी ओली र रमेश लेखकविरुद्ध सुदन गुरुङको कडा एक्सन

काठमाडौं – ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश गरेका छन्।

भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लिखित जाहेरी दर्ता गरेपछि प्रहरी प्रशासनले उक्त जाहेरीलाई जेन-जी आन्दोलन सम्बन्धी अध्ययन र अनुसन्धानका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगमा पठाएको जनाएको छ।

प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई का अनुसार, आयोगले यस विषयमा अनुसन्धान गरिरहेकाले जाहेरी आयोगमा पठाइएको हो।

यसअघि ‘हामी नेपाल’ का संस्थापक गुरुङले सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै अभियान सुरु गरेका थिए। उनीहरूले सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलेको आरोप पनि लगाएका छन्।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस