२०८२ असोज २३ गते बिहिवार | 2025 October 9th Thursday

सुनका मुन्द्रा र चाँदीको सिक्रीकै लोभले १० वर्षीया एञ्जलको हत्या

काठमाण्डौँ । सुनका मुन्द्रा र चाँदीको सिक्रीकै लोभले बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीकी १० वर्षीया बालिका भारती ुएञ्जलु देउवाको हत्या गरिएको खुलासा भएको छ ।

एञ्जलको हत्या आरोपमा प्रहरीले सोही वडाका २१ वर्षीय समीर सुनारलाई बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी सरोज पौडेलले घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै समीरले ुधनुको लोभले एञ्जलको हत्या गरेको स्वीकारेको बताएका हुन् ।
प्रहरीका अनुसार आफन्तको विवाह घरबाट नयाँ कपडा लगाएर मामा घर जान साइकलमा निस्किएकी एञ्जलले दुई कानमा एकरएक आना सुनको मुन्द्रा र घाँटीमा दुई तोलाको चाँदीको सिक्री लगाएकी थिइन् । खोलामा माछा मारिरहेको अवस्थामा अभियुक्त समीरले एञ्जललाई देखेपछि सुन लुट्नका लागि पिछा गरेका थिए ।

प्रहरीका अनुसार समीरले सुन निकाल्न धम्क्याउँदा एञ्जलले विरोध गर्दै प्रहरीलाई भनेकी थिइन् । त्यसपछि समीरले बालिकाको मुख थुनेर घाँटी अठ्याउँदै हत्या गरेको बयानमा बताएका थिए । हत्यापछि समीरले एन्जलले प्रयोग गरेको साइकल पानीमा, चप्पल झाडीमा फालेर लास पनि नजिकै गेरूवा–५ मूलपानी गुडिखोला किनारमा गाडिदिएका थिए । समीरले एन्जलबाट लुटेका सुनका दुई आना मुन्द्री र दुई तोलाको चाँदीको सिक्री बर्दियामै विभिन्न सुन पसलमा बिक्री गर्न गएका थिए । तर, सुन पसल सञ्चालन गर्दै आएका सबैले बिल मागेपछि र बिल बिनाको गहना नकिन्ने भन्दै फर्काइदिएको अनुसन्धानबाट खुलेको एसपी पौडेलले बताए।

‘ऊ लुटेका सुन र चाँदीका गहना बेचेर जति हुन्छ छिटो इण्डिया भाग्न खोजेको देखिन्छ,’ एसपी पौडेलले भने, ‘इण्डिया जाने भाडा समेत नभएको तथा मोबाइलमा रिचार्ज गर्ने पैसा समेत नभएकाले उनले आफ्नी सासूलाई एक सय रुपैयाँ रिचार्ज गर्न लगाएको खुल्छ।’ उनी वर्षायाम लागेपछि मात्रै भारतबाट घर फर्किएका थिए । उनले भारतमा एक्स्काभेटर हेल्परको रूपमा काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस