२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

नेपाल प्रहरीमा ठूलाे हेरफेर : चार डीआईजी एकैपटक एआईजीमा बढुवा

काठमाडौं – बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार बढुवा हुनेहरूमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन्।

राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सिफारिस गरिएको थियो। चतुरवेदीलाई मधेश प्रहरी कार्यालय जनकपुरधाम, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको थियो।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस