२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

सुत्दा घुर्नु सामान्य होइन, यस्तो बेला घातक बन्न सक्छ

काठमाडौं । धेरैले घुर्ने समस्या केवल बानी हो भन्ने गर्छन्, तर यो स्वास्थ्यका लागि गम्भीर समस्या पनि हुन सक्छ। सुत्दा नाक बन्द भई मुखबाट सास फेर्नुपर्दा ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया’ जस्ता समस्या उत्पन्न हुन सक्छ।

नाक, घाँटी वा टन्सिलमा अवरोध, एलर्जी, वा बोसो जस्ता कारणले घुर्ने समस्या बढ्छ। यसले रातभरि अक्सिजनको कमी र कार्बन डाइअक्साइड बढाउने जोखिम बढाउँछ, जसले मुटुमा असर पुर्‍याउन सक्छ। मोटा व्यक्ति, ठूलो घाटी वा गाला भएका, भुँडी ठूलो भएका मानिसमा बढी देखिन्छ।

उपचारमा तौल घटाउने उपाय प्रभावकारी हुन्छ। अन्य विकल्पमा नाक वा टन्सिलको शल्यक्रिया र चिकित्सकले दिएको ‘सीपीएपी मेसिन’ प्रयोग गर्न सकिन्छ। निद्राको अवस्थाबारे शंका भएमा पोलिसोमनोग्राफी (स्लिप स्टडी) गर्नुपर्छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस