२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

यस वर्षको नोबेल शान्ति पुरस्कार घोषणा : ट्रम्पले पाएनन्, कसले पायो ?

काठमाडौं । भेनेजुएलामा लोकतान्त्रिक अधिकारको प्रवर्द्धन र तानाशाहीबाट लोकतन्त्रमा शान्तिपूर्ण संक्रमणका लागि गरिएको निरन्तर संघर्षका कारण विपक्षी नेतृ मारिया मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

नर्वेजियन नोबेल समितिले मचाडोको साहस र समर्पणले विश्वभरका लोकतन्त्रप्रेमीहरूमा आशा जगाएको बताएको छ। समितिले दिगो शान्तिको लागि लोकतन्त्र नै मुख्य आधार भएको र दमनका बीच यस्ता साहसी व्यक्तिहरूलाई सम्मान गर्न आवश्यक भएको उल्लेख गरेको छ।

मचाडोले ‘सुमाते’ नामक संस्था स्थापना गरी स्वतन्त्र र निष्पक्ष चुनावका लागि आवाज उठाउँदै आएकी छिन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जसले महिनौंदेखि नोबेलको दाबी गर्दै आएका थिए, यस वर्षको सूचीमा परेनन्।

ट्रम्पलाई आठ देशले मनोनयन गरे पनि समितिले उनलाई छनोट गरेन। विश्लेषकहरूले भनेका छन्, ढिलो भएको गाजा युद्धविराम सम्झौताले ट्रम्पको सम्भावना कमजोर बनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस