२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

७६ जनाको मृत्यु, तर २२ मात्र प्रदर्शनकारी? सेनाको खुलासाले नयाँ बबाल

काठमाडौं। नेपाली सेनाले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये २२ जना मात्र प्रदर्शनकारी रहेको जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले ७६ जनाको मृत्यु भएको बताउँदै तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र ४१ अन्य रहेको जानकारी दिए।

सेनाका अनुसार आन्दोलनका बेला नयाँ बानेश्वरमा १९ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस