२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

विघटित संसदका राष्ट्रिय मान्यता प्राप्त दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मंगलबार सात राजनीतिक दलका नेतासँग निर्वाचन तयारीबारे छलफल गर्दै छिन् । छलफलका लागि विघटित प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त सात दलका २र२ जना प्रतिनिधिलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

दिउँसो ४ बजे तय गरिएको छलफलका लागि सबै दललाई पत्र पठाइएको र फोन गरेरसमेत जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन तयारीबारे विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आएकी थिइन् ।
यसपटक भने उनले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग संयुक्तरुपमा छलफल गर्न लागेकी हुन्। भदौ २३ र २४ गते भएको जेनजीआन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठन भएको हो।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ । निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन् ।

 

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस