काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले शिक्षामन्त्री महावीर पुनमाथि सामाजिक सञ्जालमा गम्भीर आरोप लगाएका छन्।
साम्पाङका अनुसार, उनले कहिल्यै फोन नगर्ने पुनले २०८२-५-२४ गते राति, जेन–जी आन्दोलनको दोस्रो दिन फोन गरेर “हर्क भाइ धेरै नमच्चिनु! खड्डामा हाल्छन् है” भनेको बताएका छन्।
साम्पाङले यसलाई असान्दर्भिक बताएका छन् र थप लेखेका छन् कि पछि पुन मन्त्री बन्न पुगे र आफ्नो टोलीमार्फत किताब बिक्रीमा रिकर्ड ब्रेक गराएका थिए। उनले भनेका छन्, “मन्त्री भए पछि अलि बाङ्गो कुरा गर्दैछन् दाजैले, तर म रिसाएको छैन।”

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार

