२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

उर्जामन्त्री घिसिङलाई ठूलो झट्का : हितेन्द्र शाक्यद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। जेनजी आन्दोलनपश्चात बनेको नयाँ सरकारले ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा उनलाई सरुवा गरेको थियो।

प्राधिकरणबाट सरुवा गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस