२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

माओवादी केन्द्रसहित नौवटा वाम पार्टीको एकता घोषणा आज

काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित नौवटा पार्टीको एकता घोषणा आज बिहान ११ बजे हुने भएको छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुने माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ। चुनाव चिह्न पाँचकुने तारा रहने पहिले नै आठ दलबीच सहमति भइसकेको छ। आइतबार माओवादी, नेकपा एकीकृत समाजवादीलगायत आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख थिएन। नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ ।

एकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन् । उता एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले पारदर्शी नेपाल नामको अभियान सुरु गरेको छ भने नेकपा एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले आजै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गर्न लागेका छन् ।

त्यस्तै, नेकपा यसबाट अलग भएकी नेता रामकुमारी झाँक्री र पूर्व सांसद किसान श्रेष्ठ लगायतले छुट्टै पत्रकार सम्मेलन गरी एमालेमा जाने जानकारी गराउन लागेका छन् ।

 

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस