२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

बाहिर जेनजीको भेष, भित्रै अर्कै खेल : श्रीमान-श्रीमती नै समातिए

झापा । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगर रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट आज पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार उनीहरूलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।

हाल उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस