२०८२ मङ्सिर ११ गते बुधवार | 2025 November 26th Wednesday

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार पनि सुन तोलाको २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबबार तोलाको ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७७० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस