२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

विवाहित पुरुषसँगको होटल भेट भाइरल भएपछि मेयरले राजीनामा दिइन्

काठमाडौं । पूर्वी जापानको माएबाशी सहरकी मेयर अकिरा ओगावाले विवाहित पुरुष अधिकारीसँग १० भन्दा बढी पटक होटल भेटमा गएकी स्वीकार गरेपछि राजीनामा दिएकी छिन्। घटना सार्वजनिक भएपछि उनले माफी समेत मागेकी थिइन्।

नगर सभा सदस्यहरूले लामो समयदेखि राजीनामा माग्दै आएका थिए। बिहीबार अविश्वास प्रस्तावमा मतदान हुने तयारी थियो, तर ओगावाले मंगलबार नै सभा अध्यक्षलाई राजीनामा बुझाएकी छिन्। राजीनामा बिहीबारदेखि लागू हुनेछ।

४२ वर्षीया ओगावा वकिल रहिसकेकी छिन् र गत वर्ष भारी मतले माएबाशीको पहिलो महिला मेयर बनेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत लेखिन् कि पद छोड्नु नै आफ्नो कार्यको जिम्मेवारी लिनको लागि उत्तम निर्णय हो र नयाँ चुनावमा फेरि उम्मेदवार बन्ने संकेत दिएकी छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस