२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रचण्डलाई ठूलो धक्का : तीन केन्द्रीय सदस्यसहित १० नेताले पार्टी छोडे (नामसहित)

काठमाडौँ । प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपामा ठूलो असन्तुष्टि सार्वजनिक भएको छ। तीन केन्द्रीय सदस्यसहित १० जनाले एकैदिन पार्टी छोड्दै प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।

पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विक छन्। उनीहरूसँगै प्रदेश कार्यालय प्रमुख सचिव यज्ञ पोख्रेल, लुम्बिनी प्रदेश सदस्यद्वय कृष्ण भण्डारी र भक्तबहादुर पुन (जलन) लगायतले पनि नेकपा त्यागेको घोषणा प्रेस विज्ञप्तिमार्फत गरेका छन्।

उनीहरूको सामूहिक बाहिरिने निर्णयलाई नेकपाका भित्री असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।

588497502_4271820249708318_7873719073781657105_n

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस