२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

पूर्वएआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश, रवि लामिछानेमाथि अन्यायको विरुद्ध ठूलो घोषणा

काठमाडौँ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। शुक्रबार पार्टी कार्यालय बनस्थलीमा भएको कार्यक्रममा उनी कार्यवाहक सभापति डीपी अर्यालद्वारा स्वागत गरिएको थियो।

पोखरेलले २०७७ मंसिर २५ मा एआईजी बनेर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए। रास्वपा प्रवेश गर्दै उनले सभापति रवि लामिछानेमाथि अन्याय भएको बताए र त्यसको विरुद्ध लड्न आफू यहाँ आएको स्पष्ट पारे।

उनले भने, २९ वर्ष प्रहरी सेवामा इमानदारीपूर्वक काम गरेको व्यक्ति भएको नाताले अब डरबिना आवाज उठाउने र पार्टीमा इमान्दार व्यक्तिहरूलाई जोड्ने उद्देश्यका साथ रास्वपामा प्रवेश गरेको बताए। पोखरेलले २४ भदौको जेनजी आन्दोलनका बेला पुराना पार्टीका नेताहरू पछि हटेका बेला, लामिछानेलाई जनताले काँधमा बोकेर अगाडि ल्याएको उदाहरण समेत दिएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस