२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ। आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो । चुनाव र सत्तामा गएर मात्र परिवर्तन हुँदैन भन्ने सन्देश दिँदै उज्ज्वल थापा ९हाल स्व।०ले विवेकशील अभियान सुरु गरेका थिए। पहिलो संविधानसभा विघटनपछि ‘ज्याला पूरा लियौँ, अब संविधान देऊ’ अभियान हुँदै सुरु भएको विवेकशील नेपाली अन्ततः १३ वर्षपछि रास्वपामा विलय हुने भएको हो ।

समीक्षा बाँस्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव रहेको पार्टीको केन्द्रीय समिति बैठकले बुधबार रास्वपासँग एकीकरण गर्ने निर्णय पारित गरेको थियो।
पूर्वअध्यक्ष मिलन पाण्डे, नेता रमेश पौड्याल, उज्ज्वल थापा फाउन्डेसनमा रहेका आशुतोष तिवारी, आलोक सुवेदी, युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अध्यक्ष युजन राजभण्डारीलगायत नेताहरू भने एकीकरणमा सामेल छैनन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस