२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

चार वर्षपछि जन्मेको नवजात आमाबाबुको बीचमा सुत्दा भयानक घटना

काठमाडौं । भारत, उत्तर प्रदेशको अमरोहा जिल्लामा एक २३ दिनको नवजात शिशुको मृत्यु भएको छ। रिपोर्ट अनुसार, बच्चा आमाबाबुको बीचमा सुतिरहेको बेला अनजानेमा दबिएर उसको दम घुट्यो।

चार वर्षको लामो प्रतीक्षापछि जन्मिएको यो बच्चा परिवारको लागि आशा बनेको थियो, तर अचानक भएको घटनाले गाउँ नै शोकमा डुबाएको छ।

डाक्टर योगेन्द्र सिंहले बताए अनुसार, बच्चाको मृत्यु दम घुट्ने र दबिने कारणले भएको हो। उनले चेतावनी दिँदै भने, “नवजात शिशुसँग सुत्दा अभिभावकले विशेष सावधानी अपनाउनुपर्छ, विशेषगरी जाडो महिनामा।”

मेडिकल विशेषज्ञहरूले यसलाई Accidental Smothering र Sudden Infant Death Syndrome (SIDS) सँग जोडेर चेतावनी दिएका छन्। SIDS प्रायः १ देखि ४ महिनाको उमेरमा हुने गर्दछ र जाडो महिनामा यसको जोखिम अझ बढ्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस