२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

एमाले महाधिवेशनमा नयाँ मोड : निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदान तालिका (सूचनासहित)

काठमाडौँ। नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अध्यक्ष डा. विजय सुब्बाले तालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिका अनुसार भोलि (सोमबार) बिहान ७ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ। पर्सि (मंगलबार) बिहान ७ बजे मतदाता नामावली प्रकाशित हुनेछ। सोही दिन ८–९ बजेसम्म दाबी विरोध गर्ने, साढे ९ बजे सूचना प्रकाशन, र १० बजे दाबी विरोधमाथि छानबिन हुने कार्यतालिका तय गरिएको छ। अन्तिम मतदाता नामावली सवा १० बजे प्रकाशित हुनेछ।

उम्मेदवारको नाम फिर्ता गर्ने समय मंगलबार दिउँसो ३–५ बजेसम्म रहेको छ र अन्तिम उम्मेदवार नामावली प्रकाशित गरिनेछ। मतदान पुस १ गते ११ बजे देखि ५ बजे सम्म हुनेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस