२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

एमालेको ११औँ महाधिवेशन : ३०१ सदस्यीय केन्द्रीय कमिटीको समावेशी संरचना सार्वजनिक, कसरी हुँदैछन्?

काठमाडौँ। नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ। बन्दसत्रमा प्रस्तुत प्रस्तावअनुसार महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपांगता भएका व्यक्ति र पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

प्रस्तावित संरचनामा १९ पदाधिकारी रहनेछन् जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ रहने व्यवस्था छ। प्रदेशगत प्रतिनिधित्वमा उपत्यकासहित ८ प्रदेशबाट ७२ सदस्य चयन हुनेछ, प्रत्येक प्रदेशबाट ५ खुल्ला, ३ महिला र १ युवा प्रतिनिधि रहनेछन्।

खुल्ला कोटाबाट १२५ सदस्य (७१ खुल्ला, ५२ महिला, २ युवा) चयन हुनेछ। समावेशी कोटामा आदिवासी–जनजाति २५, मधेसी १९, दलित १२, थारु ८, मुस्लिम ५, प्रवास २, श्रमिक ३, अपांगता १ र पिछडिएको क्षेत्र २ जना समावेश छन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, यो संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस