२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रदीप ज्ञवालीको भावनात्मक विद्रोह : ओलीसँग कुरा नमिलेपछि रुँदै फर्किए, के पार्टी छाडेका हुन्?

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदमै आफ्नो उम्मेदवारी सीमित राख्ने निर्णय गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीको प्यानलले उनलाई उपाध्यक्षको सूचीमा राखे पनि ज्ञवालीले महासचिव बाहेक अन्य पदमा आफूलाई उम्मेदवारी नदिन अडान लिएका थिए।

स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा भएको छलफलमा पनि ज्ञवालीले यही अडान कायम राखे। आज बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली पछि मनोनयनका लागि पुगे पनि चित्त दुखाएर रुँदै फर्किएका थिए।

ज्ञवालीले निकटस्थहरूसँग भने, एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित नभएको, पार्टीमा सबैलाई समान अवसर मिल्नु पर्ने बताउँदै आफू पार्टी आन्दोलनमै रहने बताएका छन्। उनले स्पष्ट पारे, केन्द्रीय सदस्य पद बाहेक आफूले अन्य पदको उम्मेदवारी दिनु नसक्ने बताएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस