काठमाडौँ। नेकपा एमालेको ११औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताको समय सकिएको छ। उम्मेदवारको प्रारम्भिक नामावली आज साँझ ६ बजे सार्वजनिक गरिने तयारी छ।
उम्मेदवारी सम्बन्धी उजुरीहरू लिएर निर्णय गरी आज राति साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गरिने कार्यतालिका तय गरिएको छ।
मतदानको समय पनि संशोधन भएको छ। यसअघि भोलि बिहान ११ बजेदेखि ५ बजेसम्म हुने भनिएको मतदान अब मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म हुने भएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार

