२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ, यस्तो छ अभियोग

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। उनलाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले जानकारी दिए।

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो। विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको केसीको भनाइ छ।

 

 

 

 

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस