२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

रवि लामिछानेलाई थु`नामुक्त गर्न आदेश : उच्च अदालतले के भन्यो ? (आदेशसहित)

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतले २ करोड ६८ लाख रुपैयाँ जमानत राखेमा उनलाई थुनाबाहिर राख्न सकिने निर्णय सुनाएको हो।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्न पाउने मागसहित निवेदन दिएका थिए।

अदालतले सोही अनुरूप थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ। जमानत र धरौटीको रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन्।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस