२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुन चाँदीको मूल्यमा भारतमा उछाल, नेपालमा पर्नेछ असर

Gold Price Today Nepal

काठमाडौं । सुन–चाँदी दुबै धातुको मूल्यले भारतमा धमाका मचाएका छन् । अझ चाँदीको गतिले सबैलाई चकित पार्न थालेको छ । यसको मूल्य तीव्र रूपमा बढ्दै गएको छ। सोमबार एमसीएक्समा चाँदी खुलेसँगै प्रतिकिलो ६०३२ भारुले बढेर २.१४ लाख रुपैयाँ नाघेको छ । गत हप्तामै यसले इतिहासमा पहिलोपटक २ लाख रुपैयाँको आँकडा पार गरेको थियो र विभिन्न उतार–चढावका बाबजुद पनि सो स्तरमा टिकेको छ।

सुनको मूल्यमापनि तीव्र उछाल

चाँदीको मूल्यमा मात्र होइन, आज सोमबार सुनको मूल्य पनि उफ्रिएको छ। अघिल्लो बन्द मूल्यको तुलनामा प्रतिदश ग्राममा आज १००० रुपैयाँभन्दा बढीको वृद्धि भएको छ । केही मिनेटमै सुनको मूल्य १३८४ रुपैयाँ वा १.०३ प्रतिशतको उछालसहित प्रतिदश ग्राम १,३५,५८० रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मको सबैभन्दा उच्च स्तर हो।

Gold and Silver Prices Surge in India, Impact Likely in Nepal

 

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस