२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

तीन महिना लामो उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी, यस्तो छ अवस्था

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार नेपाल फर्किएकी छन्।

जेनजी आन्दोलनको क्रममा घरमा भएको आगजनीमा शरीरको करिब १५–१७ प्रतिशत भाग जलेकी चित्रकारको स्वास्थ्य अहिले स्थिर र सुधारोन्मुख छ। देब्रे हातमा गम्भीर चोटका कारण संक्रमण फैलिन नदिन शल्यक्रियापछि हात काट्नुपरेको थियो।

सुरुमा कीर्तिपुर बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा संक्रमण बढेपछि उनलाई एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो। अहिले चित्रकार डल्लुस्थित भाडाको घरमा बस्ने तयारी भइरहेको छ। उनी सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँ आइपुगेकी छन्।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस