२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

मन्त्रीबाट राजीनामा दिनेबारे बोले कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामाबारे निर्णय गर्ने बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङले मन्त्री पद छाडेर चुनावमा जाने संकेत गरेका हुन्।

चुनावमा जाने बेला उपयुक्त समयमा आवश्यक निर्णय लिने उनको भनाइ छ। वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भए पनि आफू दलको व्यक्ति भएकाले आलोचना भइरहेको सन्दर्भमा उनले नयाँ दलहरू मिलेर चुनावमा जानुपर्ने धारणा राखे।

घिसिङले चुनावलाई सरकारको मुख्य कार्यभार भन्दै नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। आफैँ मात्र ठिक भन्ने सोचले देशको नेतृत्व सही दिशामा नजाने उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस