२०८२ पुष ९ गते बुधवार | 2025 December 24th Wednesday

यी हुन् प्रतिनिधिसभा पुनर्स्थापना लागि सर्वोच्च पुग्ने कांग्रेसका ६५ सांसद (नामसहित)

काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर दर्ता गराएका छन्। मंगलबार कांग्रेसका निवर्तमान सांसदहरूले सामूहिक रूपमा हस्ताक्षर दर्ता गराएका हुन्।

मंसिर २३ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दर्ता गराउने ८ जना निवर्तमान सांसदमा श्यामकुमार घिमिरे, सुशीला थिङ, दीपक खड्का, जाबेदा खातुन जागा, सिता राना, नागिना यादव, शान्ति बिक र आशा बिक छन्।

यसैगरी मंगलबार थप ५७ जना निवर्तमान सांसदको हस्ताक्षर दर्ता गरिएको छ। उनीहरू यसप्रकार छन्–
चन्दा चौधरी, बद्री प्रसाद पाण्डे, डा. प्रकाश शरण महत, पूर्णबहादुर तामाङ, जीवन परियार, डा. चन्द्रकान्त भण्डारी, पुष्पबहादुर शाह, डा. नारायण खड्का, मनोरमा शेरचन, मोहन आचार्य, रामकृष्ण यादव, राजेन्द्रकुमार के.सी., विनाकुमारी थनैत, विनोद कुमार चौधरी, अन्जनी श्रेष्ठ, शंकर भण्डारी, मैना कार्की, रमेश रिजाल, डिगबहादुर लिम्बु, रामहरी खतिवडा, रमेश लेखक, डा. शशांक कोईराला, नारायण प्रकाश साउँद, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशमान सिंह, तेजुलाल चौधरी, दिपक गिरी, सन्तोष चालिसे, राजेन्द्र बजगाई, ईश्वरीदेवी न्यौपाने, रामनाथ अधिकारी, दिलेन्द्रप्रसाद बडू, दिनेशकुमार यादव, मन्जु खाण, महेन्द्रकुमार राय, ऐनबहादुर शाही ठकुरी, सीता गुरुङ, माया राई, सरिता प्रसाई, डिल्लीराज पन्त, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, किशोर सिंह राठौर, संगिता मण्डल धानुक, कल्पना चौधरी, अजयकुमार चौरसिया, राजु थापा, वीरबहादुर वलायर, खमबहादुर गबुर्जा, देवप्रसाद तिमलसेना, कान्तिका सेजुवाल, सुनिलकुमार शर्मा, रुपा विक, दुर्लभ थापा क्षेत्री, रमा कोइराला पौडेल र सरस्वती बजिमय तथा अम्बिका बस्नेत।

यसरी कांग्रेसका कुल ६५ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्।

यसका अतिरिक्त, कांग्रेसबाहेक जनमत पार्टीकी गोमा लाभ सापकोटा, स्वतन्त्र सांसद योगेन्द्र मण्डल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी हसिना खातुन ले पनि संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस