काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अदालतको आदेश बमोजिम पदमुक्त भएका वा निलम्बनमा परेका सदस्यहरू मतदान गर्न अयोग्य छन्। यसमा प्रदेशसभा सदस्य ५ र स्थानीय तहका पदाधिकारी ८ जना पर्दछन्।
निर्वाचनमा कुल २,०४३ मतदाता हुनेछन्, जसमा ५४५ प्रदेशसभा सदस्य र १४९८ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख छन्। आयोगले मतदानको मतभार प्रदेशसभा सदस्यका लागि ५३ र स्थानीय तहका पदाधिकारीका लागि १९ निर्धारण गरेको छ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार

