काठमाडौँ । सर्वोच्च अदालतले ५ जना उपसचिव र ४९ जना शाखा अधिकृतको काज सरुवा गरेको छ । अदालतको मंगलबार र बुधबार बसेको निर्णयअनुसार ती कर्मचारीहरूको काज सरुवा गरिएको हो ।
सर्वोच्च अदालतको प्रशासनिक व्यवस्थापन र कार्यक्षमता सुदृढ गर्ने उद्देश्यले काज सरुवाको निर्णय गरिएको जनाइएको छ ।


प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार

