२०८२ पुष ११ गते शुक्रवार | 2025 December 26th Friday

आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार पनि सुन तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार ५६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ८८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९१४ रुपैयाँमा कारोबार भईरहेको छ ।

New Record in Gold and Silver Prices Today – How Much Per Tola?

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस