२०८२ फाल्गुन ९ गते शनिवार | 2026 February 21st Saturday

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ, नेपालको छवि सुधार्ने प्रतिबद्धता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा शपथ ग्रहण गरिएको हो।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

पदभार ग्रहणपछि मन्त्री शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले छिमेकी तथा मित्रराष्ट्रसँग सकारात्मक सम्बन्ध र आवश्यक परे निर्वाचनसम्बन्धी सहकार्य सही तरिकाले अघि बढाउने बताए।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस