२०८३ असार २५ गते बिहिवार | 2026 July 9th Thursday

गृह मन्त्रालयमा ठूलो हेरफेर : १३ सहसचिव र उपसचिवको सरुवा (नामसहित)

काठमाडौँ । गृह मन्त्रालयले १२ सहसचिव र १ उपसचिवको सरुवा गरेको छ। शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालस्तरीय निर्णयबाट सरुवा गरिएको हो।

सरुवा गरिएकामध्ये ११ सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिइएको छ भने नुवाकोटका सीडीओ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ।

राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराम प्रसाईलाई प्युठान र उमेश ढुङ्गानालाई लमजुङको सीडीओ बनाइएको छ। पर्वतका सीडीओ हरिप्रसाद घिमिरे दोलखा, तनहुँका सीडीओ रामकृष्ण अधिकारी सिन्धुपाल्चोक र भोजपुरका सीडीओ शिवलाल तिवारी तनहुँ सरुवा भएका छन्।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस