२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

अन्तिम समयमा किन रोकियो रवि-बालेन एकता?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन्द्र साहबीच आज हुने भनिएको पार्टी एकता सम्झौता रोकिएको छ।

स्रोतका अनुसार मेयर साहको व्यस्तताका कारण सहमतिपत्र अन्तिम रुप दिन सकिएको छैन। वार्ताकारहरूले दिनभरि मस्यौदामा छलफल गरे पनि बालेनसँग अन्तिम छलफल हुन सकेको छैन।

दुवै पक्षबीच धेरै विषयमा सहमति जुटिसकेको छ। भोलि निर्णायक बैठक गरी सहमतिपत्रमा हस्ताक्षर हुने तयारी भइरहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस