२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

रवि र बालेनले ‘भाउ’ नदिएपछि कुलमानले बाबुरामसँग हात मिलाए, एकता कहिले ?

काठमाडौँ । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी भएको छ। दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भएपछि शीर्ष नेतासहित सहमति पत्रमा हस्ताक्षर हुने तयारी छ।

उज्यालो नेपाल पार्टी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको गृहकार्यमा रहे पनि रास्वपामा विलय नहुने निर्णय गरेको थियो। रास्वपा र बालेन शाहसँग सहमति नजुटेपछि कुलमान पक्ष प्रलोपासँग सहकार्यतर्फ अघि बढेको हो।

प्रलोपाका संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन्। शर्मा मन्त्री रहँदा नै कुलमानलाई विद्युत् प्राधिकरणमा ल्याइएको थियो।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस