२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सशस्त्रको गो`लीबाट युवकको मृत्यु : पाँच बुँदे सहमति, कसरी भयो घटना ?

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ। भारतबाट सिटी सफारीमा सामान लिएर फर्कँदै गरेका साहको बुधबार राति गोली लागेर मृत्यु भएको थियो।

घटनापछि स्थानीय र पीडित पक्ष आन्दोलित हुँदा प्रहरीसँग झडप समेत भएको थियो। बिहीबार जिल्ला प्रशासन, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति सिफारिस गर्ने र रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो। सहमतिपछि अवस्था सामान्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सहमतिअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ, समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। मृतककी श्रीमतीलाई रोजगारी उपलब्ध गराउने पहल गर्ने र छोरा सशस्त्र प्रहरीमा भर्ना हुन चाहे सहयोग गर्ने विषय पनि सहमतिमा समेटिएको छ। सहमतिपछि शव पोस्टमार्टमका लागि बुझाएर अन्त्येष्टि गरिने छ।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस