२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

अनसनरत भुसाललाई भेट्न वीर अस्पताल पुगे गृहमन्त्री अर्याल, के कुरा भयो ?

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा. निकोलस भुसाललाई भेटेका छन्। बुधवार राति वीर अस्पताल पुगेका अर्यालले भुसालका मागबारे उचित सम्बोधन गरिने प्रतिबद्धता जनाएका छन्।

विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीबाट फर्किए लगत्तै गृहमन्त्री अर्यालले भुसाललाई भेट्दै अनसन तोड्न आग्रह गरेका हुन्। भेटका क्रममा उनले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस