२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

कांग्रेसमा भूकम्प : गगन-विश्वसहित नेताहरू ५ वर्षका लागि निष्काशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले ५ वर्षका लागि निष्काशन गरेको छ। सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई समेत कारबाही गर्ने निर्णय गरेको हो। पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको बताइएको छ।

विशेष महाधिवेशन माग गर्दै थापा–शर्माले निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए। पार्टीभित्र विभाजन रोक्न भएका छलफलहरू निष्कर्षमा पुग्न नसकेपछि निर्वाचन समितिले सभापति पदमा गगन थापाको नाम दर्ता भएको र अन्य पदाधिकारीमा पनि मनोनयन भइसकेको जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस