२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

कांग्रेसमा नयाँ ट्विस्ट: निर्वाचन आयोग पुगेको देउवा पक्षलाई ठूलो झट्का किन?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा महाधिवेशन चलिरहेको भन्दै मंगलबार नै निर्वाचन आयोगमा पत्राचार गरेको खुलेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विशेष महाधिवेशनबाट भएका निर्णय अद्यावधिक रूपमा पठाउने जानकारीसमेत दिइएको छ।

यसको प्रतिवादमा शेरबहादुर देउवा पक्षले भने कांग्रेसको नाममा कुनै विशेष महाधिवेशन नभएको भन्दै बुधबार निर्वाचन आयोगमा पत्र दर्ता गराएको छ। देउवा पक्षले पुस २६ देखि २८ गतेसम्म पार्टीको कुनै औपचारिक कार्यक्रम नरहेको दाबी गरेको हो।

उता महामन्त्री गगन थापाले विशेष महाधिवेशनबाट हुने निर्णय नै आधिकारिक र वैधानिक हुने दाबी गर्दै पार्टी नफुटेको बताएका छन्। विशेष महाधिवेशन पक्षधर नेतृत्व चयन गरेर अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ।

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस