२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

कांग्रेस विवाद सर्वोच्चमै पुगेपछि शेखर कोइरालाले अब के भने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट सर्वोच्च अदालतमा दर्ता भइसकेकाले अब अदालतको फैसला सबैले मान्नुपर्ने बताएका छन्। आफ्ना कार्यकर्तासँगको छलफलमा उनले पार्टीभित्रको उथलपुथल अन्त्य गर्न एकजुट हुनुपर्नेमा जोड दिए।

कोइरालाले उम्मेदवारी पाउने कांग्रेसजनलाई जिताउन आफू सक्रिय रूपमा लाग्ने स्पष्ट पारे। आफू चुनाव लड्ने विषयमा भने मुलुकको परिस्थिति र पार्टीभित्र विकसित घटनाक्रमलाई हेरेर गम्भीर छलफल भइरहेको बताए।

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस