२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

चुनावको मुखैमा प्रचण्डलाई ठूलो झटका : १२ केन्द्रीय सदस्यले एकसाथ दिए राजीनामा (पत्रसहित)

काठमाडौं । उम्मेदवार सिफारिस नभएपछि नेपाली कम्युनिस्ट पार्टीका १२ जना केन्द्रीय सदस्यहरूले पार्टीबाटै राजीनामा दिएका छन्। आइतबार जारी संयुक्त विज्ञप्ति अनुसार उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

पार्टी एकता हुँदा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट यी १२ जना केन्द्रीय सदस्य पार्टीमा प्रवेश गरेका थिए। संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनीहरूले राष्ट्रियसभा, समानुपातिक र प्रत्यक्षतर्फ एक जनालाई समेत छनोट नगरिएकोमा आफूहरू अपमानित महसुस गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि ‘अभियानबाट आएका साथीहरू मध्ये राष्ट्रियसभा, समानुपातिक तथा प्रत्यक्षतर्फ १ जना पनि छनौट हुन नसकेकोले हामी सबै असक्षम भएको महसुस गरेका छौँ र नैतिकताको आधारमा पार्टीमा रहिरहन उपयुक्त नभएको ठानेर सामूहिक राजीनामा दिएको’।

राजीनामा दिने १२ जना केन्द्रीय सदस्यमा विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता लगायतका नामहरू छन्।

618383610_1428474608792104_6601278364592129891_n (1)

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस