२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

राजीनामापछि चुनावबारे जगदीश खरेलले गरे ठुलो घोषणा, के छ तयारी?

काठमाडौँ । हालै राजीनामा दिएका सञ्चारमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निश्चित भएको बताउँदै ललितपुर–२ बाट चुनाव लड्ने स्पष्ट पारे। उनले दलबाटै उम्मेदवार बन्ने पक्का भएको जानकारी दिए।

सरकारको मर्यादा र दायरालाई ध्यानमा राखेर आफूले अहिलेसम्म पार्टीको नाम सार्वजनिक नगरेको उल्लेख गर्दै खरेलले समय आएपछि सबै कुरा स्पष्ट हुने बताए।

प्रकाशित मिति : २०८२ माघ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस