२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

कांग्रेस विवादमा सर्वोच्चले दियो यस्तो आदेश : १५ दिने अल्टिमेटममा के छ?

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न आदेश दिएको छ। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै, जटिल कानुनी प्रश्न छिटो समाधान गर्न अग्राधिकार दिन आदेश जारी गरेको हो।

शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै रिट दायर गरेको थियो। तर निर्वाचन आयोगले गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वलाई वैधानिकता दिएपछि विवाद सर्वोच्चसम्म पुगेको हो।

अब १५ दिनभित्र नै कांग्रेसको नेतृत्व र वैधानिकता सम्बन्धी मुद्दामा अन्तिम फैसला हुने सम्भावना बढेको छ, जसले आगामी फागुन २१ को निर्वाचनमा ठूलो प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति : २०८२ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस