२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

अमेरिकाबाट एकसाथ डिपोर्ट भएका ८० नेपाली को हुन् ? चकित पार्ने खुलासाले सबै हैरान

काठमाडौं । अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेर काठमाडौं ल्याएको छ। अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा ७९ जना पुरुष र एक महिला छन्।

डिपोर्ट गरिएकामध्ये कागजात नभएका, गैरकानुनी रूपमा बसोबास गरेका र अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेका व्यक्तिहरू रहेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका व्यक्ति ओभरस्टेका कारण फर्काइएका हुन् भने बाँकी अधिकांश अवैध बाटोबाट अमेरिका पुगेका छन्।

ब्युरोले केही व्यक्तिले अमेरिका पुग्न डेढ करोड रुपैयाँसम्म खर्च गरेको पाएको जनाएको छ। डिपोर्ट भएकाहरूलाई सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ र यदि कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको भए उजुरी दिन अनुरोध गरिएको छ। अमेरिकाले यसअघि पनि चरणबद्ध रूपमा नेपाली नागरिकलाई डिपोर्ट गर्दै आएको छ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस